पीसीआई–डीएसएस भी४.० भर्सनमा स्तरोन्नति भयो एनआईसी एसिया बैंक

काठमाडौं । एनआईसी एसिया बैंकको कार्ड प्रयोगकर्ताहरुको डाटा सुरक्षा अझ बढी मजबुत हुने गरी यस बैंक पीसीआई–डीएसएस भी४.० भर्सनमा स्तरोन्नति भएको छ।

बैंकले आफ्नै ईएफटी स्विच सञ्चालन गरेको दोस्रो वर्षमै पीसीआई–डीएसएस भी३.२.१ भर्सनबाट पीसीआई–डीएसएस भी४.० भर्सनमा स्तरोन्नति भएको हो। यससँगै यस बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बनेको बैंकको दाबी छ। बैंकले सन् २०२३ देखि नै एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै ईएफटी स्विचबाट सञ्चालन गर्दै आएको छ।

बैंकले भुक्तानी गर्नको लागि डेबिट र क्रेडिट (भिसा र मास्टरकार्ड) छन्, जुन कार्डहरु नेपाल, भारत, र भुटानमा प्रयोग गर्न सकिन्छ तथा अन्य विदेशी भुक्तानीको लागि अमेरिकी डलर प्रिपेड कार्ड जारी गरेको छ।

त्यसैगरी, एटीएम, पीओएस तथा इकमर्स जस्ता प्लेटफर्ममा भुक्तानी प्राप्तिको लागि भिसा, मास्टरकार्ड, चाइना युनियन पे स्वीकार गर्दछ।

यसै सन्दर्भमा बैंकले कार्ड प्रयोगकर्ताहरुको डाटाको पूर्ण सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको उल्लेख गरेको छ।

आन्तरिक नियन्त्रणलाई दिगोपन कायम गर्न र स्वतन्त्ररुपमा मूल्यांकन गर्नका लागि बैंकले पनासिया इनफोसेक प्रालिलाई नियुक्त गरेको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस