सिद्धार्थ बैंकका ग्राहकहरुलाई अकामा होटेलमा १५% सम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र राजधानीमा रहेको अकामा होटेलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुम्बाराहीस्थित अकामा होटेलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज साथै हेल्थ क्लब सुबिधामा १५% सम्मको छुट प्राप्त गर्न सक्ने छन्।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस