धनगढीमा फुटबल प्रशिक्षण केन्द्र बनाउन एन्फा र उपमहानगरबीच सम्झौता

काठमाडौं । कैलाली- कैलालीको धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको छ । फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्नका लागि धनगढी उपमहानगरपालिका र अखिल नेपाल फूटबल संघ एन्फाबीच सम्झौता भएको हो ।

फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न पहिलो चरणमा एक करोड ३४ लाख ३३ हजार नेपाली रुपैयाँ विनियोजन भएपछि सम्झौता भएको हो ।

सम्झौतामा एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ र उपमहानगरपालिका मेयर गोपाल हमालले हस्ताक्षर गरेका छन् । ‘धनगढी उपमहानगरपालिका–१८, फूलबारीमा फुलबल प्रशिक्षण केन्द्र निर्माणका लागि दुवै पक्षबीच हस्ताक्षर गरी सम्झौता कार्यक्रम सम्पन्न भएको छ,’ मेयर हमालले भने, ‘फूलबारीको डिपोबजार नजिक उपमहानगरपालिकाले उपलब्ध गराएको ५ बिघा जग्गामा कम्तिमा पाँच हजार जना दर्शक बस्ने प्याराफिटसहितको प्रशिक्षण केन्द्र (एकेडेमी) निर्माणका लागि सम्झौता भएको हो ।’

फुटबल एकेडेमीले धनगढीको आर्थिक विकासका लागि महत्त्वपूर्ण योगदान गर्ने मेयर हमालको विश्वास छ । अखिल नेपाल फुटबल संघको भदौ ११ र १३ मा बसेको बैठकले कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । सुदूरपश्चिममै पहिलो पटक धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न लागिएको हो ।

यसअघि कैलालीकै टीकापुरमा प्रशिक्षण केन्द्र निर्माण गर्ने तयारी थियो । तर, जग्गा व्यवस्थापन हुन नसक्दा उक्त योजना अलपत्र परेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds