सांकेतिक तस्बिर

हरिसिद्धि क्यान्सर अस्पतालबाट हामफालेकी महिलाको मृत्यु

काठमाडौं । हरिसिद्धीस्थित क्यान्सर अस्पतालको दोस्रो तलाबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो । थाइराइड क्यान्सरको उपचार गराइरहेकी काठमाडौं महानगरपालिका–८ कि ६४ वर्षीया पुनमाया तामाङ शनिबार अस्पतालको ‘ए’ ब्लकको दोस्रो तलाबाट हामफालेकी थिइन् ।

उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनी साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् । उनले अस्पतालबाट हाम फाल्नुको कारण भने अझै खुलेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३६ उपसचिवको सरुवा, फेरिए १२ जिल्लाका सीडीओ (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले ३६ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा अनुसार १२ …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds