रूख ढलेर अवरूद्ध भएको नारायणघाट-मुग्लिन सडक खुल्यो

काठमाडाैं । रूख र बिजुलीको पोल ढलेर अवरूद्ध भएको नारायणघाट-मुग्लिन सडक खुलेको छ ।

सडकमै ढलेको रूख र बिजुलीको पोल पन्छाइएसँगै अवरूद्ध सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रूख ढलेर रोकिएका सवारी साधनहरू बाटो खुलेलगत्तै गन्तव्यतर्फ लागेका छन् ।

बिहान ८ बजे भरतपुर महानगरपालिका-१ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल सडकम आरपार हुनेगरी ढलेको थियो । लगत्तै ढलेको रूख हटाउन सुरक्षाकर्मीहरू खटिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री