काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानून विभागको सदस्यमा विभिन्न १० सदस्य मनोनीत गरेका छन् । उनले शुक्रवार कांग्रेसको विधान,२०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभाग सदस्य मनोनीत गरेका हुन् ।
कानून विभागको प्रमुखमा पार्टी केन्द्रीय सदस्य मानबहादुर नेपाली छन् । विभागको सदस्यमा शिवराज पाण्डे, कलमबहादुर खत्री, दुर्गाबहादुर सुनार, दीपकराज गौतम, ध्रुव श्रेष्ठ, रामचन्द्र गौतम मनोनित भएका छन् ।
त्यस्तै खिल गिरी, मन्दिरा शर्मा, अनिलकुमार कर्ण र शोभा घिमिरेलाई विभागको सदस्यमा मनोनीत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिकृया दिनुहॊस