अन्तिम समयमा सम्हालिन नसक्दा पारालिम्पिक्सबाट बाहिरिइन् पलेशा

काठमाडौं । पेरिस पारालिम्पिक्समा नेपालकी पलेशा गोवर्धन क्वाटरफाइनलमा पराजित भएकी छिन् । सेमिफाइनल प्रवेशका लागि शुक्रवार भएको खेलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भइन् ।

के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहको प्रतिस्पर्धामा दश सेकेन्ड भित्र पलेशाले २-० को अग्रता बनाएकी थिइन् । यसपछि ५६ सेकेन्ड बाकी रहँदा पलेशासँग ८-३ को स्पष्ट अग्रता रहेको थियो। तर यो अग्रता जोगाउन उनी असफल भइन्  ।

ब्राजिलियन सिल्भानाले लगातार सात अंक जोडिन। जसमा ६ अंक बडी किक बाट र १ अंक पेनाल्टीबाट हात पारिन् । जित नजिक पुगेर पराजित पलेशाले अब रिपाचेज मार्फत कास्य पदकको लागि प्रतिस्पर्धा गर्नेछिन् । यसअघि उनले आज क्वाटरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds