यस्तो छ आजको प्रतिनिधिसभा बैठकको कार्यसूची

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८० पेस गर्ने कार्यसूची छ ।

सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनीयता बढाउन आवश्यक भएको’ विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

उक्त प्रस्तावको समर्थकमा डोलप्रसाद अर्याल, सन्तोष परियार, तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डाँगी, विनिता कठायत, शिव नेपाली, अशोक कुमार चौधरी, सुमना श्रेष्ठ, डा चन्दा कार्की (भण्डारी), गणेश पराजुली र विन्दवासिनी कंसाकार रहनेछन् ।

साथै सभामुख देवराज घिमिरेले संविधानसभाका सदस्य श्रवणकुमार अग्रवालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आजदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क

काठमाडौं । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा आजदेखि सर्वसाधारणका लागि खुला हुँदैछ । यसका लागि २७ भदौको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । संविधान दिवसको अवसर पारेर आजदेखि धरहरा खुला गरिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds