शंखमुलमा स्नुकर सञ्चालकको हत्या आरोपमा एमके कुमार पक्राउ

काठमाडौं । काठमाडौंको शंखमुलमा एक स्नुकर सञ्चालकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१० शंखमुल साइबाबा पार्कस्थित दुई तले घरमा बस्ने ४९ वर्षीय रूपक बान्तवा राईको हत्या आरोपमा प्रहरीले बारा सिम्रौनगढ नगरपालिका-७ घर भई काठमाडौं-१० साइबाबा पार्कमा बस्ने २२ वर्षीय एमके कुमारलाई पक्राउ गरेको हो ।

उनलाई बुधबार बिहान सवा १० बजे डेरा कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार पुरानो रिसइबीका कारण रडले प्रहार गरी हत्या गरेको उनीमाथि आरोप छ । प्रहरीले उनलाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वरमा राखेको छ । प्रहरीले घटनामा प्रयोग भएको रड र मृतकको चेक, चस्मा, व्याग र लुगा पनि बरामद गरेको छ ।

‘प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच व्यक्तिगत रिसइबी देखिएको छ, उनी नजिकै बस्ने हुन्, थप अनुसन्धानबाट खुल्छ’, उनले भने । सोमबार बिहान १ः५० बजे साइबाबा पार्कस्थित घरको भुइँ तलामा रूपक अचेत र रगताम्य अवस्थामा भेटिएका थिए । उनले सोही ठाउँमा स्नुकर हाउस चलाउँदै आएका थिए ।

स्नुकर हाउसको सोफामा उनी रगताम्य अवस्थामा फेला परेको खबरपछि प्रहरी वृत्त बानेश्वरबाट प्रहरी खटिएको थियो । उक्त टोलीले रूपकलाई उद्धार गरी नजिकैको सिभिल अस्पतालमा पुर्‍याएको थियो । अन्दाजी साढे २ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आजदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क

काठमाडौं । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा आजदेखि सर्वसाधारणका लागि खुला हुँदैछ । यसका लागि २७ भदौको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । संविधान दिवसको अवसर पारेर आजदेखि धरहरा खुला गरिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds