कुलमानलाई हटाउनु पर्ने कुनै कारण छैन : मन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले नेपाल प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनु पर्ने कुनै कारण नभएको बताएका छन् । बुधबार निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्न पुगेको मन्त्री खड्काले यस्तो बताएका हुन् ।

‘राम्रो मान्छे जुनसुकै दलको होस्, राम्रो भन्न सक्नु पर्छ, कुलमानले राम्रो काम गर्नु भएको छ, उहाँलाई सरकारले हटाउनु पर्ने कुनै कारण छैन,’ मन्त्री खड्काले भने । कुलमानबारे सरकारले यो गर्ने या त्यो गर्ने भनेर आएका भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गर्दै मन्त्री खड्काले सरकारले कुलमानलाई हटाउनेबारे कुनै तयारी नगरेको पनि बताएका छन् ।

‘सडक र संसद्मा अनेकन कुरा उठेको छ, अनेक विवाद सुन्न पाइन्छ , कुलमानप्रति सरकारले कुनै धारणा बनाएको छैन’, उनले भने । मन्त्री खड्काले भारतसँग १० हजार मेगावाट विद्युत ब्रिक्री भएको भन्दै बंगलादेशसँग यससम्बन्धी सल्लाह भइरहेको बताएका छन् । उनले आफू उर्जा मन्त्रालयमा भ्रष्टाचारको विषयमा निर्मम ढंगले प्रस्तुत भएको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फैसलाको पूर्णपाठ प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु : दीपक मनाङ्गे

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ ‘दिपक मनाङ्गे’ ले आफूविरुद्ध मुद्दाको पूर्णपाठ आएपछि …

प्रतिकृया दिनुहॊस