चुनिए नेकपा एसका पदाधिकारी : मेटमणिले लोकप्रिय मत पाउँदा रामकुमारी पराजित (परिणामसहित)

काठमाडौं । पटक-पटकको सहमतिमा नेतृत्व चयन गर्ने कोसिस असफल भएपछि नेकपा एकीकृत समाजवादीले चुनावको माध्यमबाट नेता चयन गरेको छ । मंगलबार भएको पदाधिकारी चुन्ने चुनावको मत परिणाम सार्वजनिक भएको हो ।

अन्तिम मत परिणामअनुसार एकीकृत समाजवादीको खुल्ला उपाध्यक्षमा डा।गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् । मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् भने महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, गरिमा शाह र राजेन्द्र राई विजयी भएका छन् ।

त्यस्तै सचिवमा गणेश बिक, बलदेव चौधरी, श्रीनाथ बराल, साबित्रा भुसाल, शेरबहादुर कुँवर, सोम प्रसाद पाण्डे र चन्द्रबहादुर शाही विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा नेता राजेन्द्रप्रसाद पाण्डे यसअघि नै सर्वसम्मत भएका थिए । गत असार तेस्रो साता भएको महाधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको एकीकृत समाजवादीले निर्वाचनबाट बाँकी पदाधिकारी चयन गरेको हो ।

एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ सदस्यीय र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय रहने व्यवस्था छ ।

हेर्नुस् को कति मत ल्याएर विजयी भए ?

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

पहाडी र हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम …

प्रतिकृया दिनुहॊस