धादिङमा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते

काठमाडौं । धादिङमा बस र माइक्रोबस ठोक्किँदा ८ यात्रु घाइते भएका छन् ।

धादिङबाट काठमाडौ जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको यात्रु बस र काठमाडौंबाट धादिङबेसी तर्फ आउँदै गरेको बागमती प्रदेश ०३—००१ ज ०४२९ नम्बरको माइक्रो धादिङ—मलेखु सडक खण्ड अन्तर्गत निलकण्ठ ८ ससाहमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य २ जनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भई रहेको छ ।

दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी मकेन्द्रकुमार मिश्रले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds