rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

आजको पञ्चाङ्ग  
वि.सं. भदौ ११, २०८१ ई.सं. 27 Aug, 2024 शक संवत् १९४६ नेपाल संवत् ११४४ गुँलागा कालयुक्त दक्षिणायन वर्षा मंगलबार भाद्र कृष्णपक्ष तिथि अष्टमी ०६:४० बजेसम्म, त्यसपछी नवमी ०५:१४बजेसम्म, त्यसपछी दशमी नक्षत्र रोहिणी २०:२५ बजेसम्म, त्यसपछी मृगशिरा योग हर्षण ०१:५४ बजेसम्म, त्यसपछी वज्र करण कौलव ०६:४० बजेसम्म, त्यसपछी तैतिल १७:१२ बजेसम्म, त्यसपछी गर ०५:३७ बजेसम्म, त्यसपछी वणिज चन्द्रराशि वृष आनन्दादि योग मातंग दिनमान १२:४७ सूर्योदय ५:४१ सूर्यास्त १८:२८ श्रीकृष्णराथजात्रा, बिरटनगरमा राधाकृष्ण रथजात्रा, तानसेन (पाल्पा) नारायणी रणउजेश्वरी भगवतिजात्रा, सिलगदि(डोटी)मा मष्ता जाँत, गुँगानवमि, ललितपुरमा भिमजात्रा, मन्वादि । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसाय सामान्य होला । पुनर्मिलनको योग पनि रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । योजना गोप्य राखेर अघि बढ्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आकस्मिक यात्राको अवसर आउन सक्छ र यात्राबाट लाभ नै मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन पनि सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ भने विश्वास गरेकै हरुबाट धोका हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । आम्दानी बढाउने कामको योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोशजाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सीके राउतबाट ज्यानको खतरा रहेको निवेदन लिएर प्रहरीमा पुगिन् पत्नी सोनी सिन्धु

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु शान्ति सुरक्षाको माग गर्दै निवेदन लिएर प्रहरीका पुगेकी छन् । उनी राउतको तर्फबाट विभिन्न किसिमका धम्की र मानसिक यातना भोगेको बताउँदै ललितपुरस्थित इमाडोल प्रहरी प्रभागमा निवेदन दिन पुगेकी हुन् । सिन्धुका अनुसार प्रहरीबाट निवेदन लिन आनाकानी भएको थियो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds