जनता माझ भ्रम नछर्न पार्टीका नेता/कार्यकर्तालाई बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले जनता माझ भ्रम नछर्न पार्टीका नेता/कार्यकर्तालाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर जनता माझ भ्रम नछर्न आग्रह गरेका हुन् ।

मेयर शाहले हल्लाको पछि नलाग्न पनि आग्रह गरे । कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो,’ उनले भनेका छन्, ‘अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरूले जनता माझ भ्रम नछर्नु होला ।’

उनले जनताले आफ्नो जग्गा उपभोग गर्नबाट नरोकेको बरु सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने बताए । ‘सर्वोच्च अदालतको आदेश आए पछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ । त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन,’ उनले अगाडि भने, ‘अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्न बाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds