सुदूरपश्चिममा गौरा पर्व सुरु, विरुडा पञ्चमी मनाईयो

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको पहिलो दिन घर-घरमा बिरुडा राखेर मनाइँदै छ । याे दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ ।

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ ।

पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने जानकार गोमती भट्टले बताइन् । ‘एक महिना अघिदेखि नै शुद्ध साकाहार र बह्मचार्यको पालना गरी बिरुडा पञ्चमीका दिन महिलाहरुले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ’ उनले भनिन्, ‘बिरुडा भिजाँइदा माङ्गलकि सगुन फाँग गाउँछौ ।’ बिरुडा भिजाउने बेला महिलाले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिजााउने बेलाको फाग गाउने चलन छ ।

सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रुपमा लिइन्छ । सप्तमीका दिन धानसँगै उम्रिएको साउँ –धान जस्तै देखिने घाँस) बाट गौराको प्रतीमा बनाई ‘गौराघर’ मा भित्र्याउन परम्परा रहेको सरस्वती अवस्थीले बताए । ‘गौरा हाम्रो ठूलो पर्व हो पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रुपमा दुवधागो लगाउने गछौँ’, उनले भने, ‘गौरामा व्रत बसी पूजाअर्चना गर्दा श्रीमान् तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि हुने विश्वास छ ।’

 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलबाट स्पिकरमा लुकाइएको साढे पाँच किलो बढी सुन बरामद

काठमाडौंं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन जना पक्राउ परेका छन्।मंगलबार …

प्रतिकृया दिनुहॊस