रवि लामिछाने र पूर्व डीआईजी जोशीलाई छानबिन समितिले बयानका लागि बोलायो

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय विशेष समितिले शुक्रबार रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र उनका पूर्व सहकर्मीलाई बयानमा बोलाएको छ ।

लामिछानेलाई सूर्यदर्शन, सानोपाइलालगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि बोलाइएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् । उनलाई समितिले भोलि दिउँसो २ बजे बयानका लागि बोलाएको छ ।

यस्तै नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी बन्जाडेलाई पनि बयानका लागि बोलाइएको छ । सूर्यदर्शन, सानोपाइलालगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि समितिले दुवैलाई बोलाएको छ । छविलाल जीबी राईका व्यापारिक साझेदार समेत हुन् ।

जोशीलाई गोरखा मिडिया नेटवर्कको सञ्चालकका हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् । उनलाई समितिले भोलि बिहान ११ बजे बयानका लागि बोलाएको छ । गोरखा मिडिया नेटवर्कमा जीबी राई, रवि लामिछाने र छविलाल जोशी सञ्चालक थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रदेश संरचना हटाउन सकिन्न : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । काँग्रेसको …

प्रतिकृया दिनुहॊस