रोनाल्डोले खोले युट्युब च्यानल, १२ घण्टामै ११ मिलियन सब्स्क्राइब

काठमाडौँ । फुटबलर क्रिस्टियानो रोनाल्डो युट्युबमा आएका छन् । रोनाल्डोले बुधबार आफ्नो नयाँ युट्युब च्यानल UR Cristiano सार्वजनिक गर्दै अन्ततः युट्युबमा आएका हुन् ।

सामाजिक सञ्जालमा विश्वमै सबैभन्दा बढी फलोअर भएका रोनाल्डो अहिलेसम्म युट्युबमा आधिकारिक रूपमा आएका थिएनन् । युट्युबमा उनले केही भिडियो समेत शेयर गरेका छन् । उनले युट्युब च्यानल मार्फत आफ्नो बारेमा थप जानकारी हासिल गर्न सकिने बताएका छन् । युट्युब च्यानल खोलेको १२ घण्टामै ११ मिलियनले रोनाल्डोको च्यानललाई सब्सक्राइब गरेका छन् ।

रोनाल्डोको सामाजिक सञ्जाल एक्समा ११२.५ मिलियन, फेसबुकमा १७० मिलियन तथा इन्स्टाग्राममा ६३६ मिलियन फलोअर रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds