भारतमा परराष्ट्रमन्त्रीले पाएको सम्मानको चर्चा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत भ्रमणमा छिन् । उनी ५ दिने भ्रमणका लागि भारत गएकी हुन् ।

भारतमा परराष्ट्रमन्त्रीले आफ्नो स्वास्थ्य उपचार गरिरहेकी छन् । भारत भ्रमणका क्रममा आरजुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय विदेशमन्त्री डा.एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

परराष्ट्रमन्त्री डा. आरजुको भारत भ्रमणलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन् । भारतले परराष्ट्रमन्त्री आरजुलाई दिएको सम्मान र महत्वलाई लिएर राजनीतिक वृत्तमा चियोचर्चा भइरहेको हो ।

आरजुलाई भारत सरकारले प्रधानमन्त्रीसरहकै सम्मान र स्वागत दिएको छ । उनले पाएको त्यो सम्मान र स्वागत अनपेक्षित रहेको जानकारहरू बताउँछन् । परराष्ट्रमन्त्री डा. आरजुलाई मोदीले दिएको महत्वले नेपाल-भारत सम्बन्धन थप मजबुत बनेको आङ्कलन गर्न सकिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । सदस्यता शुद्धीकरणमा …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds