शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश तीर्थराज केसीको इजलासमा झाविरुद्धको मुद्दाको थुनछेक बहस भएको थियो ।

बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो । उनी नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य बिचौलिया रहेको बताइन्छ ।

केसीको झालाई नेपाल प्रहरीको विशेष टोलीले भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो ।

झामाथि नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च राजनीतिक तहसम्म कनेक्सन मिलाएको आरोप छ ।

उनको नाममा २ करोड रुपैयाँको चेक काटिदिएको भेटिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री