५ सहकारीका सञ्चालकसँग बयान लिँदै छानबिन समिति

काठमाडौं – सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आइतबार एकैपटक पाँच सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिने भएको छ।

केहीलाई भने जेलबाट झिकाएर बयान लिन लागेको समितिका सदस्य लेखनाथ दाहालले जानकारी दिए। समितिको बैठक बिहान ११ बजेदेखि नै बस्नेछ ।

समितिले हालसम्म जेलमा रहेका १८ सहित ३४ जनाको बयान लिइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित छविलाल जोशीको भने ७ गते गतेमात्रै बयान लिने तयारी गरिएको छ ।

समितिले विभिन्न प्रमाणका आधारमा प्रतिवेदन लेखन शुरु गरिसकेको समिति सदस्य दाहालले जानकारी दिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds