भारत जाँदै परराष्ट्रमन्त्री आरजु राणा देउवा, यस्तो छ भ्रमण तालिका

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज (आइतबार) पाँच दिने भारत भ्रमणमा जाने भएकी छन् । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री देउवाले १८ देखि २२ अगस्ट अर्थात २ देखि ६ भदौसम्म भारत भ्रमण गर्ने जानकारी गराएको हो ।

भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । उच्च तहको नियमित भ्रमण आदान प्रदानले नेपाल र भातबीचको वषौं पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयले बताएको छ । परराष्ट्रमन्त्री देउवा ६ भदौमा फर्किने कार्यक्रम छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्षयरोग लागेर राउटे समुदायका युवकको मृत्यु

काठमाडौं । लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । क्षयरोग (टिबी) पीडित २२ …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds