प्रहरीले खुलायो गठ्ठाघर दुर्घटनाका मृतकको वास्तविक परिचय

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ । मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-४ घर भएका उत्तम कोइराला हुन् ।

भक्तपुर परिसरका डीएसपी राजन कार्कीले मृतकका आफन्तले उनी कोइरालाको भएको पुष्टि गरेको बताए । करिब ४५ वर्षीय कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ ।

शुक्रबार दिउँसो ना ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको थियो । घटनास्थलमै मृत्यु भएको उनको शरीर क्षतविक्षत भएको छ ।

प्रहरीले दुर्घटना गराउने ट्रक चालकलाई पनि पक्राउ गरेको छ । सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको डीएसपी कार्कीले बताए । दुर्घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बसपार्कमा छैन दसैँको अग्रिम टिकट काट्नेको ठूलो भीड

काठमाडौं । सरकारले शनिबारबाट दसैँका लागि लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

प्रतिकृया दिनुहॊस