काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुद्दा चलाउनका लागि समय सीमा राख्ने गरी कानूनमा हदम्याद राख्न नहुने बताएका छन् । राजनीतिक दलका नेताहरू मिलेर नै भ्रष्टाचार गर्ने भएकाले हदम्यादको व्यवस्था कानूनमा राख्न नहुने उनले बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा थापाले भ्रष्टाचार मुद्दा लगाउनका लागि हदम्याद कानूनमा राख्न नहुने बताएका हुन् ।
राजनीतिक दलका नेताहरू मिलेर भ्रष्टाचार गर्ने र एकले अर्काको भ्रष्टाचार ढाकछोप गर्नका लागि सहमति गर्ने भएकाले हदम्याद राख्न नहुने थापाको भनाइ छ । ‘हद म्यादका सम्बन्धमा हामीभित्र व्यापक छलफल, बहस भइरहेको छ । आज नयाँ व्यवस्था ल्याउनुभएको छ । सार्वजनिक पदमा बसेका व्यक्तिले सार्वजनिक सम्पत्तिमा हानी पुर्याउँछ भने त्यस सम्बन्धमा हदम्याद लाग्दैन । व्यक्तितग रूपमा भ्रष्टाचार गर्छ र सार्वजनिक सम्पत्तिको क्षति पुर्याएको छैन भने निश्चित अवधिभित्र अनुसन्धान सक्नुपर्छ भनेर हदम्याद आएको हो भन्ने मैले बुझेको छु ।’
प्रतिकृया दिनुहॊस