नेपाल टेलिकमको कुल आय र खुद नाफा घट्यो

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको आम्दानी ६.३२ प्रतिशतले घटेको छ । टेलिकमले बिहीबार आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गएको आर्थिक वर्षमा टेलिकमले ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा दुई अर्ब ८० करोड ६५ लाख रुपैयाँले कम भएको टेलिकमले जनाएको हो ।

गएको वर्षमा सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रहेको कम्पनीले जनाएको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ थियो । यसरी सञ्चालन आय एक अर्ब ८१ करोड तीन लाख १५ हजारले घटेको टेलिकमले जनाएको छ ।

गएको आर्थिक वर्षमा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको टेलिकमले जनाएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको खुद नाफा सात अर्ब ९२ करोड एक लाख ५५ हजारको तुलनामा एक अर्ब ३० करोड २३ लाख ७८ हजारले कम हो । कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७७ पैसा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस