सनराइज सेक्युरिटिजबाट औपचारिक शेयर कारोबारको शुभारम्भ

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेडले व्यावसायिक सञ्चालन सुरुवात गरेको छ । आज एक समारोहका बीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरे ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिँदै उनले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरे । उनले व्यावसायिक सेवा प्रदान गर्दै पुँजी परिचालन तथा नेपालको पुँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रुपमा सनराइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस् भनी कामना गरे ।

सोही कार्यक्रमका विशेष अतिथि लक्ष्मी सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले लक्ष्मी सनराइज बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे ।

साथै सनराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले कारोबार शुभारम्भ कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू गुणस्तरीय रुपमा एकै ठाउँबाट सरल र सहज रुपमा प्रदान गर्न सकिने जानकारी दिए ।

गैह्रिधारा–२, काठमाडौँमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पूँजी रु. २०,००,००,००० रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउ १५ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली बजारमा आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहॊस