युनिलिभरको नाफा एक अर्ब ९७ करोड

काठमाडौं । युनिलिभर नेपालको नाफा एक अर्ब ९७ करोड पुगेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार युनिलिभर नेपालको नाफा एक अर्ब ९७ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष बढी नाफा देखिएको छ । अघिल्लो आर्थिक वर्षमा युनिलिभर नेपालले एक अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको चुक्तापुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २१४४ रहेको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउ १५ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली बजारमा आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहॊस