बुधबार विश्वासको मत लिँदै सुदूरका मुख्यमन्त्री शाह, यस्तो छ अंकगणित

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । २६ गते एमाले-काँग्रेस-नागरिक उन्मुक्ति पार्टीको समर्थनमा नियूक्त भएका मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिने भएका हुन् ।

सरकारमा सहभागी भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैका आधारमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सरकारमा सहभागी छ । मुख्यमन्त्री शाहको पक्षमा नेकपा (एमाले) का ११ र उन्मुक्तिका सात सदस्य रहेका छन् ।

विपक्षमा रहेका नेकपा (माओवादी केन्द्र) का सभामुख सहित ११, नेकपा एकिकृत समाजवादी पार्टिका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र स्वतन्त्र एक रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अमेरिकी सहयोगमा २१ मिलियन डलरको खाद्य सुरक्षा परियोजना

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि दुई …

प्रतिकृया दिनुहॊस