शवकाे बाकससहित काठमाडौंमा सहकारी पीडितको प्रदर्शन

काठमाडौं । सहकारी पीडितहरूले शवको बाकससहित काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आयोजनामा सहकारीमा सहकारी पीडित मृतकको फोटो टाँसेर बाकससहित प्रदर्शनकारी सडकमा उत्रिएका हुन् ।

सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएपछि पीडितहरु शवको बाकससहित प्रदर्शनमा उत्रिएका हुन् । वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु उनको पारिवारिक स्रोतले जनाएको छ । स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् ।

सहकारीका अध्यक्ष विवादास्पद छविका व्यवसायी ‘अलाइभ ग्लाइडर’ भनिने किसन राई हुन् । निःसन्तान स्थापित दम्पतीलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै बैंकबाट सहकारीमा बचत गर्न लगाएर ठगी गरेको आफन्तले बताए ।

राजेन्द्रकी श्रीमती जसबाटी बज्राचार्यले बैंकमा राखेको एक करोड ३३ लाख रुपैया झिक्न लगाएर राईलगायतले सहकारीमा राख्न लगाएको पीडितका आफन्तले बताएका छन् । स्थापित लामो समयदेखि बिरामी परेका र उपचारका लागि पाँच लाख रुपैयाँ भएपनि जम्मा गरिदिन आग्रह गर्दा समेत सञ्चालक राईले नटेरेको बताइएको छ । स्थापितको एक करोड बढी सहकारीमा भए पनि उपचार गर्न पाँच लाख रुपैयाँ नभएकै कारणले मृत्यु भएको सहकारी पीडितका आन्दोलनका अगुवा कुशलभ श्रेष्ठले बताएका छन् ।

उनले भने, ‘उहाँलाई आफ्नै ज्यानको उपचार गर्ने पैसा समेत उहाँ आवद्ध सहकारीले खाएका कारण आज मृत्यु भएको छ । सरकारले १६ महिनादेखि निरन्तर गरेको सम्झौता कार्यान्वयनमा आएको छैन । हामी आन्देलन गर्न थालेको आज ८० दिन हुँदा समेत कार्यान्वयनमा आएको छैन ।’ स्थापितको मृत्युपछि सहकारी पीडित र आफन्तहरुले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले मृतक र सहकारी पीडितले न्याय पाउनुपर्ने माग राख्दै रत्नपार्कमा प्रदर्शन गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपसभापति गुरुङमाथि छानबिन हुनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने …

प्रतिकृया दिनुहॊस