माछापुच्छ्रे बैंक र इ-क्यान झापाबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र एजुकेसन कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इ–क्यान) बीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यवसायिक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा इ–क्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुवेदी तथा बैंकका तर्फबाट सहायक महाप्रबन्धक भरतकुमार लम्सालले हस्ताक्षर गरे ।

सम्झौतापश्चात इ–क्यान, झापामा आबद्ध परामर्शदातालाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ सेवाहरू सरल र सहज रूपमा उपलब्ध गराउनेछ । साथै इ–क्यान झापामा आबद्ध परामर्शदाताहरूको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्विफ्ट पेमेन्टमार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले हाल देशका सातवटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहीत बैंकिङ सेवा तथा २०० स्थानमा रहेका एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाईसेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ब्लु क्रस हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालका सेवामा छुट पाउने …

प्रतिकृया दिनुहॊस