कप्तान अरुणाले भनिन्- फेरि भरोसा गरिरहनुहोस् भन्नुको विकल्पबाहेक के नै रह्यो र ?

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरूणा शाहीले काभा नेसन लिग भलिबल, २०२४ को उपाधि जित्न नसकेकोप्रति दुःख व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत समर्थकहरूलाई धन्यवाद दिँदै उपाधि जित्न नसकेकोप्रति दुःख व्यक्त गरेकी हुन् ।

उनले आफूहरूमाथि भरोसा गरिरहन पनि भनेकी छन् । ‘यहाँहरूकै साथ, सहयोग र मायाको कारण आज हामीले आफूलाई खेलाडीको रूपमा परिचित हुन पाएका छौँ । हामीप्रति आशा र भरोसा राखेर हजारौँ शुल्क तिरेर खेल हेर्न र हामीलाई हौसला प्रदान गर्न कभर्ड हलमा मात्र हैन लाखौँले विभिन्न माध्यमबाट खेल हेरी सिंगो मुलुकले साथ दिँदा पनि तपाईं हामी सबैको साझा सपना पूरा गर्न नसकेकोमा दुःखी छौँ, कप्तान शाहीले भनेकी छन् ।

उनले यसरी नै अगाडि बढिरहे एकदिन अवश्य सफल हुने विश्वास व्यक्त गरिन् । ‘के गर्न सकियो के गर्न सकिएन । हामी कहाँ चुक्यौँ यहाँहरू सबैलाई अवगत नै छ,’ उनले भनिन्, ‘विशेष गरी नेपाल भलिबल संघ साथै सरोकारवाला सबैको भूमिकाप्रति आभार प्रकट गर्दै फेरि पनि यहाँहरूलाई भरोसा गरिरहनुहोस् भन्नुको विकल्पबाहेक हामी माझ के नै रह्यो र !’

बुधबार त्रिपुरेश्वरमा भएको उपाधि भिडन्तमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसियु एण्ड पिइसी फस्ट इन्टर कलेज गर्ल्स बास्केटबलको उपाधि गोल्डेन गेटले उचाल्यो

काठमाडाैं । ‘एसियु एण्ड पिइसी फस्ट इन्टर कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२४’ शनिबार रोयल स्पोर्ट्स …

प्रतिकृया दिनुहॊस