कर्णाली योजना आयोगको उपाध्यक्षमा योगी नियुक्त

काठमाडौं । कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियुक्त भएका छन् । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले वीरेन्द्रनगर नगरपालिका ४ का सूर्यनाथ योगीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सदस्यहरुमा मुगुको छायाँनाथ रारा नगरपालिका–५ का डम्मरबहादुर रावल र रास्कोट नगरपालिका–३ कालीकोटका अशोकनाथ योगीलाई नियुक्त गरेको बताए । गत चैत २७ गतेबाट आयोग पदाधिकारीविहीन थियो ।

नवनियुक्त उपाध्यक्षसहित सदस्य रावल र योगीले बिहीबार पदभार ग्रहण गरेका छन् । उपाध्यक्ष योगी र रावल एमालेबाट तथा योगी नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अनशनमा पूर्व मुख्यमन्त्री कार्की !

काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गरेका छन् । वर्तमान सरकारले …

प्रतिकृया दिनुहॊस