काभा फुटबलको सेमिफाइनल आज : फाइनलमा पुग्न इरानलाई हराउनैपर्ने दबाब नेपाल

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको सेमिफाइनलमा आज नेपालले इरानसँग खेल्दैछ । यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा साँझ सवा ५ बजेदेखि सुरु हुनेछ ।

नेपाल लिग चरणमा भारत, श्रीलंका र माल्दिभ्सलाई हराउँदै दोस्रो भयो । इरानसँग भने नेपाल ३–२ सेटले स्तब्ध भएको थियो । नेपाल अब उक्त हारको बदला सेमिफाइनलमा लिँदै फाइनलको यात्रा गर्ने योजनामा छ ।

उता इरान आयोजक नेपाललाई फेरि स्तब्ध बनाउँदै फाइनलको टिकट हात पार्न चाहन्छ । इरानले लिग चरणमा नेपाल, श्रीलंका र माल्दिभ्सलाई हराउँदा भारतसँग हार बेहोरेको थियो ।

आजै हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंका भिड्ने छन् । यी दुईबीचको खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ । भारत तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्न लागेको हो । उसले लिग चरणमा नेपालसँग पहिलोपटक हार बेहोर्‍यो ।

भारतले इरान, श्रीलंका र माल्दिभ्सविरुद्ध भने जित निकालेको थियो । श्रीलंकाले लिग चरणमा माल्दिभ्सलाई मात्र हराउन सक्यो । ऊ तालिकाको पुछारमा रहेर सेमिफाइनल खेल्न लागेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ब्याटिङ नचल्दा क्यानडासँग नेपालको फराकिलो हार

काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडासँग लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न …

प्रतिकृया दिनुहॊस