सहकारी बैंक : ३५ लाख व्यक्ति आबद्ध, ६९ अर्ब ५५ करोडको सम्पत्ति

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड २२ औँ वर्षमा प्रवेश गरेको छ । २०६० असार २५ गते सहकारी विभागमा दर्ता भई २०६१ साउन १९ गतेबाट कारोबार सुरु गरेको थियो । बैंकले कारोबार शुभारम्भ गरेको दिन साउन १९ लाई स्थापना तथा कारोबार शुभारम्भ दिवसका रूपमा मनाउँदै आएको छ ।

२०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबारको अनुमति पाएको बैंकले देशभरका सहकारी संघ संस्थाहरूसँग कारोबार गर्दै आइरहेको छ । २१ वर्षे यात्रामा सहकारी क्षेत्रलाई नै आफ्नो प्रमुख कार्यक्षेत्र बनाएको बैंकले आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तसम्म ६९ अर्ब ५५ करोड कुल सम्पत्ति पुर्‍याउन सफल भएको छ ।

७७ वटै जिल्लामा सदस्यता विस्तार गर्दै १६ हजार ३ सय २८ सहकारी संघ संस्थाहरूमार्फत करिब ३५ लाख व्यक्तिहरू आबद्ध भइसकेको र बाँकी सहकारी संस्थाहरूले पनि सदस्यता लिने क्रम जारी रही रहेको बैंकले जनाएको छ । बैंकले देशभर ६८ वटा शाखाहरू मार्फत सहकारी संघ संस्थाहरूलाई उत्कृष्ट वित्तीय तथा गैर–वित्तीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले सदस्य सहकारी संघ/संस्थाहरूलाई वित्तीय सेवाका अतिरिक्त संस्थागत सुशासन एवम् वित्तीय अनुशासनका लागि सहकारी स्तरीकरण, तालिम तथा शिक्षा, डिजिटलाइजेसन, सहकारी अभियानको संरक्षण र सम्बर्द्धनका लागि पहलकदमी जस्ता विविध गतिविधिहरू सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।

सदस्यहरूबिच लोकप्रिय रहेको सदस्य शिक्षा कार्यक्रम अन्तर्गत इ–पुस्तकालय, समसामयिक विषयमा हरेक हप्ता परामर्श सेवा र सहयोग, जानकारीमूलक कार्यक्रम तथा सदस्य सम्मान कार्यक्रमको आयोजनाका कारणले पनि सदस्यहरूमा हौसला तथा उत्प्रेरणा जगाउने कार्यमा मद्दत पुग्नुको साथै बैंक प्रतिको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बैंकले जनाएको छ ।

बैंकले आफ्नो कार्य सञ्चालन गर्ने दौरानमा नियामकीय प्रावधानहरूको प्रारूपलाई पालना गर्दै वित्तीय जबाफदेहिता, पारदर्शिता, निष्पक्षता, बचतकर्ताको निक्षेप सुरक्षण तथा सुरक्षित कर्जा लगानी र अन्तर्निहित जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आएकोले पनि बैंकले सदस्यमैत्री सेवा प्रदान गर्न सक्षम उल्लेख गरेको छ ।

बैंकले ‘उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक’ परिकल्पना गरी १० वर्षे रणनीतिक योजना तय गरी बैंक अघि बढिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले बताए ।

बैंकले २२ औँ स्थापना दिवसको अवसरमा सातवटै प्रदेशमा एकै दिनमा ‘सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक प्रदेशस्तरीय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रम’ को आयोजना गरेको थियो ।

कार्यक्रममा गत पुसमा सम्पन्न बैंकको २० औँ वार्षिक साधारण सभामा घोषणा भएको व्यक्ति तथा संघ/संस्थाहरूको विभिन्न विधाको पुरस्कार वितरण गरेको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्सेमा ५५ अंकको गिरावट

काठमाडौँ । नेप्सेमा ५५ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५५.८६ अङ्कको गिरावट आउदा …

प्रतिकृया दिनुहॊस