ओली क्याबिनेटले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री नियुक्त गरेका छन् । शुक्रबार तीन राज्यमन्त्री नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

उनले नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, रूपा विकलाई वन तथा वातावरण राज्यमन्त्री र पूर्णबहादुर तामाङलाई जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

विक र तामाङ कांग्रेसबाट राज्यमन्त्रीमा नियुक्त भएका हुन् । समानुपातिक सांसद विक कांग्रेसकी कान्छी केन्द्रीय सदस्य हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली शपथ लिएकै दिन २२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । अब मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । संविधान अनुसार मन्त्रिपरिषद् २५ सदस्यीय भन्दा ठूलो बनाउन पाइँदैन । संविधानअनुसार अब मन्तिपरिषद्ले पूर्णता पाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छविलाल जोशीलाई रुपन्देही पठाइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी एवम् गोर्खा …

प्रतिकृया दिनुहॊस