काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकै पटक २१ सचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवको सरुवा गरेको हो ।
अर्थ सचिवको जिम्मेवारी राजश्व सचिव डा.रामप्रसाद घिमिरेलाई दिइएको छ भने अर्थ सचिवको जिम्मेवारीमा रहेका मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरिएको छ । त्यस्तै अर्थ मन्त्रालमया राजश्व सचिवको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरे सरुवा भएको एक मन्त्रीले जानकारी दिएका छन् ।
यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ भने श्रम मन्त्रालयको सचिवको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई दिइएको छ ।
यस्तो छ सचिव सरुवाको सूची
अर्थ- रामप्रसाद घिमिरे
अख्तियार- घनश्याम उपाध्याय
राजश्व- दिनेश घिमिरे
रक्षा- रामेश्वर दंगाल
श्रम रोजगार तथा समाजिक सुरक्षा- मुकुन्द निरौला
लोकसेवा- डिल्लीराम शर्मा
सूचना तथा सञ्चार -राधिका अर्याल
उपराष्ट्रपति कार्यालय- मधुकमार मरासिनी
संघीय मामिला -भरत सुवेदी
वित्त आयोग-किरण राज शर्मा
भौतिक पूर्वाधार- केशवकुमार शर्मा
ऊर्जा – गोपालप्रसाद सिग्देल
राष्ट्रपतिको कार्यालय- नारायण प्रसाद दुवाडी
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय- राजकुमार श्रेष्ठ
वाणिज्य- मधुसुदन बुर्लाकोटी
सार्वजनिक खरिद- रामकृष्ण सुवेदी
नेपाल ट्रस्टः रामाधार शाह
खानेपानी- प्रमीला देवी बज्राचार्य
जल तथा ऊर्जा आयोग- सुरेश आचार्य
राष्ट्रिय तथ्याङ्क कार्यालय- गोकर्णमणि दुवाडी
भूमि- अर्जुनप्रसाद पोखरेल
प्रतिकृया दिनुहॊस