आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ

काठमाडौं । आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको हो ।

उनलाई घरबाटै पक्राउ गरेर अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए । उनीमाथि नेताहरूको अशुभ कामनासहित अनुष्ठान गर्न लागेको प्रचार गरेपछि आरोप छ ।

धार्मिक भेषमा हिँड्ने उनले हालसालै उनले एउटा अन्तरवार्तामा आफ्नै ‘कुण्डली जेल जाने’ रहेको बताएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री