फाइल फाेटाे

बालाजुमा एटीएम फुटाउँदै गरेका युवक पक्राउ

काठमाडौं । पैसा चोर्न एटीएम फुटाउँदै गरेका एक युवक पक्राउ परेका छन् । आइतबार दिउँसो पौने ३ बजे बालाजु चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गरेको सूचना पाएर पुगेको प्रहरी टोलीले ती युवकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रौतहट घर भई कलंकी बस्दै आएका १८ वर्षीय राधेश्याम बैठा छन् । उनको साथबाट फलामको रड समेत बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन कार्यक्रमको घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहॊस