फाइल फाेटाे

महाकाली नदीमा बेपत्ता भएका भट्टको शव भेटियो

काठमाडौं । दाउरा निकाल्ने क्रममा डुबेर महाकाली नदीमा बेपत्ता व्यक्तिको शव फेला परेको छ ।

शनिबार साँझ कञ्चनपुरको दोधाराचाँदनी झोलुङ्गे पुल नजिक महाकाली नदीमा डुबेर बेपत्ता भएका दोधाराचाँदनी नगरपालिका -४ बस्ने अन्दाजी ५० वर्षीय रतन भट्टको शव फेला परेको हाे । खोजीकार्य गर्दै जाँदा आइतबार मध्यान्ह शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

नदीले बगाएर ल्याएका दाउरा सङ्कलन गर्ने क्रममा अकस्मात् नदीमा पानीको बहाव बढेपछि भट्ट बेपत्ता भएका थिए । उनकाे शव दोधाराचाँदनी नगरपालिका वडा नम्बर ६ संसारी टोल स्थित महाकालीको बगरमा शव फेला परेको बताइएकाे छ ।

शवको परीक्षण गरेर परिवारजनलाई बुझाइने र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आजको पञ्चाङ्ग   वि.सं. असोज ०१, २०८१ । ई.सं. 17 Sep, 2024 । शक संवत् १९४६ …

प्रतिकृया दिनुहॊस