मोटरसाइकल दुर्घटनामा छोरीको मृत्यु, आमाबुवा घाइते

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-१ झण्डे डाँडामा मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ । रमिते-टाँडी सडक खण्डमा दुर्घटना हुँदा बेलबारी नगरपालिका-१ घर भएकी १३ वर्षीया सुस्मिता धिमालको मृत्यु भएको हो ।

शनिबार दिउँसो ३ बजेतिर रमितेबाट उर्लाबारीतर्फ जाँदै गरेको बा २७ प १८३५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएकी सुस्मिताको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारी मृत्यु भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक सुस्मिताका बुवा ३७ वर्षीय सुनील धिमाल र आमा ३५ वर्षीया चन्द्रमाया धिमाल घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । दुर्घटनामा परेको मोटरसाइकल सडकबाट करिब ७० मिटर तल झरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds