जनताले प्रत्यक्ष लाभको महसुस गर्नेगरी काम गर्न निर्देशन

  • डम्मर बम

काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले प्रत्यक्ष लाभको महसुस गर्नेगरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । बिहीबार शहरी विकास तथा भवन निर्माणले विभागमा आयोजना गरेको उपप्रधान एवं शहरी विकास मन्त्रीको स्वागत तथा विभागबाट सम्पादित कार्यक्रमहरूको संक्षिप्त प्रस्तुतीकरण कार्यक्रममा मन्त्री सिंहले सो कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।

काम गर्ने क्रममा आउने समस्याको गहिरा पत्ता लगाइ मन्त्रालय मार्फत समाधान गर्ने मन्त्री सिंहले बताए । शहरी विकास तथा भवन निर्माण विभाग एक महत्त्वपूर्ण विभाग भएको चर्चा गर्दै मन्त्री सिंहले कर्मचारीहरूलाई लगनशील तथा इमानदार पूर्वक काम गर्न आग्रह गरे ।

कार्यक्रममा विभागका महानिर्देशक कुमार घिमिरेले विभागबाट भएका कार्यक्रमहरूको संक्षिप्त रूपमा प्रस्तुत गरेका थिए । शहरी विकास मन्त्रालय सचिव मणिराम गेलाल सहित सह–सचिव, उप–महानिर्देशक लगायत शाखा प्रमुखहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत अशोक काफ्लेले गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds