सौर्यसँग अब एउटा मात्र जहाज, उडान अनिश्चितकालका लागि रद्द

काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलमा टावर नजिकै भएको दुर्घटनाले विभिन्न संशय उब्जाएको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिकै भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाले ज्यान गुमाए । दुर्घटनाले विभिन्न संशय उब्जाएकै बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाका कारणबारे अहिले नै केही भन्न नसकिने बताएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले विमान दुर्घटना के कसरी भयो भन्ने कुरा अत्यन्त प्राविधिक विषय भएकाले अहिले अनुमानका आधारमा भन्न नसकिने बताए । हल्ला भए जस्तो विमान पुरानो वा समयमै मर्मत नभएको भन्नेकुरामा सत्यता नरहेको उनले स्पष्ट पारे । ‘विमानको धेरै प्रकारको चेक हुन्छ, निश्चित घण्टा, निश्चित साइकल, ल्याण्डिङपछि गरिने चेक हुन्छ’, सूचना अधिकारी भूलले भने, ‘विमानको छुट्टै आयु हुँदैन, विभिन्न पार्टको आयु हुन्छ, कुन पार्टस कति सयम अवधिपछि परिवर्तन गर्ने भन्ने हुन्छ ।’

दुर्घटनाग्रस्त विमान ‘एयर ओर्दिनेस’ २०२५ सम्म ‘भ्यालिड’ भएको विमान हो । अहिले पनि एक सय १९ घण्टा ‘फ्लाईङ आवर’ बाँकी छदैँ समयमै मर्मतका लागि पोखरा पठाउन लागिएको थियो । इञ्जिनियरले २० देखि २५ दिनको विमानको सम्पूर्ण पार्टसको मर्मत (सी-चेक) गर्नका लागि विमान लगिँदै थियो । सूचना अधिकारी भूलका अनुसार दुर्घटनाको प्राविधि होकी मानवीय कारण भनेर अध्ययन नगरी भिन्न सकिँदैन ।

उडान अनिश्चितकालका लागि रद्द
सौर्यसँग जेट इन्जिन बम्बार्डियर सिआरजे-२०० सिरिजका तीन जहाज थिए । एउटा लामो समयदेखि ग्राउन्डेड छ, जसका कतिपय पार्टपुर्जा झिकेर अन्य जहाजको मर्मतमा प्रयोग गरिएको छ । नियमित उडानमा रहेको एउटा जहाज बुधबारको दुर्घटनामा ध्वस्त भयो । अब नियमित उडानका लागि एउटा मात्र जहाज छ ।

कम्पनीका अध्यक्ष दीपक पोखरेलका अनुसार तीनवटा एटिआर जहाज ल्याउने योजना छ । यसका लागि पर्यटन मन्त्रालयबाट स्वीकृति पाइसकेको छ । दुर्घटनासँगै सौर्यले आफ्ना नियमित उडान अनिश्चितकालका लागि रद्द गरेको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस एयरलाइन्सका सम्पूर्ण उडानहरू अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि रद्द गरिएको छ ।’

सौर्यले दैनिक विराटनगर तीन र भद्रपुरमा तीन उडान गर्दै आएको थियो । यी उडान नियमित गर्न कम्तीमा दुई जहाज आवश्यक पर्छ । त्यस्तै, दुर्घटनामा जहाजसँगै उच्च व्यवस्थापक, पाइलट र ठूलो संख्यामा प्राविधिक तथा कर्मचारी गुमाएकाले जनशक्तिको अभाव खड्किने देखिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी, पुरस्कृत भए यी ४० जना (नामसहित)

काठमाडौं । दिवसको अवसरमा सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी घोषणा गरी २ लाख रुपैयाँ दिने कार्यविधि छ । तर पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार उत्कृष्ट निजामती र निजामती सेवा पुरस्कार पाउनेहरूको नाम समेत टुंगो लागिसकेको छैन ।

प्रतिकृया दिनुहॊस