नेपाल टेलिकमले थप्यो इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा

काठमाडौँ । नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा थप गरेको छ ।

नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम जडान अनुरोध दर्ता गर्नेदेखि आफ्नो आवश्यकता अनुसारका सो सेवाका प्याकेजहरु परिवर्तन समेत गर्न सक्नेछन् ।

यसैगरी टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवाका ग्राहकहरुका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा शुल्क प्रणाली बमोजिमका बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरु सब्सिक्रिप्सन गर्नका साथै प्याकेज परिवर्तन पनि गर्न प्रवक्ता किशोर कुमार भट्टले जानकारी दिए ।

PI Services through IVR 198

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तीजको दिन सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन स्थिर …

प्रतिकृया दिनुहॊस