द एआई पोट्रेट होनोर २०० मा विशेष अफरको घोषणा

काठमाडौँ । द एआई पोट्रेट होनोर २०० मा विशेष अफरको घोषणा भएको छ । प्रिमियम हार्कोर्ट पोर्ट्रेटका लागि प्रख्यात HONOR 200 सिरिज अब खरिदका लागि उपलब्ध रहेको कम्पनीको भनाइ छ। जसअनसार सेल्ट्रोन नेपालले HONOR 200 सिरिज लन्च गर्नका लागि फरक तरिका ल्याएको छ ।

कम्पनीले HONOR Choice Watch, Choice Earbuds X5 र सबै उपहारहरू सहित ७ दिनसम्म प्रि-बुकिङ प्रदान गर्दै आएको थियो भने ग्राहकको अनुरोधका कारण अब HONOR Nepal ले प्रि-बुकिङपछि पनि यी उपहारहरू उपलब्ध गराउने भएको छ।

ग्राहकले फोन प्राप्त गर्न कुर्नु पर्दैन र फोनसँगै उपहारहरू प्राप्त गर्न सक्छन्। यो अफर २४ जुलाई देखि ३१ जुलाई २०२४ सम्म मान्य हुने कम्पनीले जनाएको छ ।

HONOR 200 र 200 Pro, ५२०० mAh सिलिकन-कार्बन ब्याट्रीले भरिएको छ । जसले एकल चार्जमा ६१ घण्टासम्म निरन्तर संगीत स्ट्रिमिङ गर्न सक्षम बनाउने कम्पनीले जनाएको छ ।

HONOR 200 Pro ओशन सायन र ब्ल्याक गरि दुई रंगमा उपलब्ध छ भने HONOR 200 मुनलाइट ह्वाइट र ब्ल्याकमा उपलब्ध छ। सेलट्रोन नेपालले HONOR 200 (१२+२५६) जीबी भेरियन्टको लागि मूल्य रु. ६४,९९९/- तोकेको छ भने (१२+५१२) जीबी भेरियन्टको मूल्य रु ६७,९९९/- निर्धारण गरेको छ। HONOR 200 खरिद गर्ने ग्राहकले रु. १३,९९९/- मूल्य को HONOR Choice Watch मात्र रु. १,९९९ मा प्राप्त गर्न सक्नेछन र स्क्रिन ब्रेकेज बीमाको लाभ उठाउन सक्नेछन्।

HONOR 200 Pro (१२+५१२) जीबी भेरियन्टको लागि, ग्राहकहरूले रु. ८४,९९९/- मूल्य तिर्नु पर्नेछ भने अफर अवधि भित्र खरिद गर्ने ग्राहकहरु ले रु. १३,९९९/- मूल्य को HONOR Choice Watch, रु ५,४९९/- मूल्यको HONOR Choice Earbuds X5 सहित स्क्रिन ब्रेकेज बीमा र VIP कार्ड पनि प्राप्त गर्नेछन्।

ग्राहकहरूले HONOR 200 (१२+२५६)जीबी लाई अनलाइन मार्फत खरिद गर्न सक्नेछन भने HONOR 200 (१२+५१२) र HONOR 200 Pro लाई अनलाइन र अफलाइन दुवै प्लेटफर्मबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तीजको दिन सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन स्थिर …

प्रतिकृया दिनुहॊस