जहाज दुर्घटनामा घाइते पाइलटको अवस्था ‘खतरामुक्त’

काठमाडौं । दुर्घटनामा परेका सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । पाइलट शाक्यको मुख, आँखा लगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।

उनको सिटिस्क्यान लगायतका टेस्टहरू भइहरेको केएमसी अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । ‘उहाँको मुख, आँखा लगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको छ,’ उनले भने, ‘हामीले उहाँको सिटिस्क्यान लगायतका टेस्टहरू गरिसकेका छौं । र अहिले उहाँ हाम्रा अस्पतालका चिकित्सकहरूका अनुसार खतरामुक्त हुनुहुन्छ ।’

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज आज बिहान दुर्घटनामा परेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds