बुधबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार १ सय रुपैयाँले बढेको हो ।

यस दिन छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको पाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तीजको दिन सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन स्थिर …

प्रतिकृया दिनुहॊस