नेप्सेको उकालो यात्रा कायमै, ७५ अंकले बढेर २५६३ विन्दुमाथि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ७५ अङ्कले बढेको छ । यस दिन नेप्से ७५.३३ अङ्कले बढेर २५६३.४३ अङ्कमा पुगेको हो ।

३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर एक लाख ७१ हजार ३८७ पटक खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ बराबरको कारोबार भएको छ ।

मंगलबार बोटलर नेपाल, समृद्धि फाइनान्स, मंडू हाइड्रो, हाथवे इन्भेस्टमेन्ट, नेपाल वायर हाउसिंगको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सबैभन्दा बढी गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिभम सिमेन्टको २४ करोड ६९ लाख २३ हजार ७९२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने नबिल ब्यालेन्स फन्ड-२ को १६ लाख २ हजार ८३५ कित्ता शेयर किनबेच भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्सेमा गिरावट, ५ अर्ब ६६ करोडको कारोबार

काठमाडौँ । आजको दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा पुगेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds