साढे ५ किलो अफिमसहित ट्रक चालक पक्राउ

काठमाडौं । चामलको बोराभित्र प्रतिबन्धित लागुऔषध अफिम लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा एक ट्रक चालक पक्राउ परेका छन् । सल्यान जिल्लाको कुमाख गाउँपालिका-५ का मदनप्रकाश गिरी साउन ५ गते रुकुम पश्चिमको आठबिसकोट-१४ छेपारीस्थित भेरी करीडोर सडक खण्डबाट पक्राउ परेका हुन् ।

गिरीले नै चलाएको र गोतामकोटदेखि बाँकेको नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ क १७८० नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका थिए । ट्रकको सहचालक बस्ने सिटमुनि चामलको बोराभित्र तीन वटा प्लाष्टिकमा लुकाइछिपाइ लैजान लागेको लागुऔषध अफिम फेला परेको थियो ।

फेला परेको अफिम तौल गर्दा ५ केजी ५४५ ग्राम रहेको रुकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds