निस्सासिएर सुत्केरीको मृत्यु, बच्चाको अवस्था गम्भीर

काठमाडौं । जुम्लाको पातारासी-६ बाँताकी एक सुत्केरी महिलाको आगो बालेर सुतेको अवस्थामामा निस्सासिएर मृत्यु भएको छ । सुत्केरी भएको ११ ओैं दिनमा आगोले सेक्न बालेको कोइलाको धुवाँमा निस्सासिएर उनको मृत्यु भएको हो ।

पातासारी-६ स्थायी ठेगाना भएकी सदरमुकामस्थित कालेखोलीमा बस्दै आएकी २२ वर्षीया मायालक्ष्मी महतारा निस्सासिएर गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते महताराको उपचारको क्रममा निधन भएको बताइएको छ । धुवाँमा निस्सासिएर मृतक महताराकी बहिनी जुनमाया रोकया र १२ दिने दूधे बच्चा पनि घाइते छन् । बच्चालाई एनआइसीयूमा राखेर उपचार थालिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds