सेमिफाइनल पुग्न जित्नैपर्ने दबाबमा नेपाल, आज भारतको सामना गर्दै

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज जित्नै पर्ने खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल नेपाली समय अनुसार बेलुका ७ः१५ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ । पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । समूह ‘ए’को भारत चार अंकसहित शीर्ष स्थानमा छ । भारत निरन्तर जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्न चाहन्छ । अघिल्लो चरण प्रवेशका लागि भारतमाथि जित निकाल्नैपर्ने दबाब छ ।

समूह चरणका दुई खेल सकिँदा नेपाल र पाकिस्तान एक हार र एक जितसहित समान दुई अंकसहित रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन् । यो समूहको यूएईले भने खाता खोल्न सकेको छैन ।

समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आजको पहिलो खेलमा युएई विरुद्ध खेल्नेछ । आजका सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ । पाकिस्तानले युएई विरुद्ध जित हासिल गरेमा नेपालले भारतलाई हराउनैपर्ने हुन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चिलीमाथि अर्जेन्टिनाको सहज जित

काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ । शुक्रबार बिहान …

प्रतिकृया दिनुहॊस