संसदमा बोल्दा तथ्यपूर्ण बोलौं, झुटको सहारा नलिनु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा झुटको सहारा नलिन आग्रह गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा संसदमा तथ्यपूर्ण रुपमा बोल्न र गलत कुरा नबोल्न सांसदहरुलाई आग्रह गरेका हुन् ।

उनले आइतबार संसदमा आफूले उद्योगीको विद्युत लाइन काटेको विषयमा बोलेको विषयलाई संसदमा गलत रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका हुन् । उनले आफूले कुनै किसिमको लप्पन छप्पन नगर्ने बताउँदै प्रधानमन्त्री ओलीले उद्योगीले प्रयोग नगरेको महसुल तिर्न नपर्ने र प्रयोग गरेको तिर्नु पर्नेमा आफूले स्पष्ट रुपमा रहेको बताए । संसदमा आफूले आइतबार मात्र बोलेको कुरालाई गलत रुपमा प्रस्तुत गरेको भन्दै जिम्मेवार भएर प्रस्तुत हुन चेतावनी समेत दिए ।

‘उद्योगी व्यवसायी र प्राधिकरणको विवाद टुंग्याउनु पर्छ । सरकारले पाउने राजस्व लिनैपर्छ । प्रयोग नगरेको महसुल उद्योगीले तिर्न पर्दैन । तर आजको विषय होइन यो,’ प्रधानमन्त्री ओलीले भने, ‘पटक–पटक लायन काटिन्छ फेरि जोडिन्छ । किन यस्तो हुन्छ आवश्यक हुदा जाउँला मलाई लप्पनछप्पन गर्नु छैन । बेठिक खालको सेटिङ र विभिन्न खालको तन्त्रहरुको पछाडि कुद्नु छैन ।’

उनले आफूले उद्योगीहरुले महसुल तिर्न नपर्ने कुरा नभनेको पनि बताएका छन् । विवाद भएकाले छलफलबाट समाधान निकाल्नु पर्छ भनेको ओलीको भनाइ छ । ‘हिजो कसरी तिर्न पर्दैन भने रेकर्ड छ । रेकर्ड सुनेर कुरा गर्नू बाञ्छनीय हुन्छ,’ ओलीले भने ।

सांसदको जवाफ दिनुभन्दा पनि अन्य विषयमा पहिला बोलेका उनले राजनीतिक प्रश्नहरुलाई राजनीतिक हिसाबले अघि बढाउनु पर्ने बताएका छन् । ‘भ्रष्टाचार छोप्नका लागि अरुलाई भ्रष्टाचारको लाञ्छना लगाउने काम नगरौं । प्रधानमन्त्री बनेको कसैलाई चित्त नबझेको हुन सक्छ । कसैलाई मर्का परेको पनि हुन सक्छ । राजनीतिक हिसाबका प्रश्नहरु राजनीतिक हिसबले अघि बढाऔं,’ ओलीले भने ।

ओलीले यसरी कांग्रेस उपसभापति धनराज गुरुङले राखेको गण्डकी त्रिभुज योजनालगायतका विषयमा राखेको प्रश्नभन्दा बाहिर रहेर बोल्न थालेपछि माओवादी सांसद वर्षमान पुनले नियामपत्ति जनाएका थिए । र विषयमै केन्द्रित गर्नका लागि सभामुखसँग रुलिङको माग गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

प्रतिकृया दिनुहॊस